नयाँ जनवादी मोर्चा र क्रान्तिकारी मोर्चा बीच एकताको घोषणा
हेटौंडा / मोहन बैद्य नेतृत्वको तत्कालिन नेकपा ९क्रान्तिकारी माओवादी०बाट विद्रोह गरेका दुईवटा मोर्चाहरुले आईतबार एक संयुक्त विज्ञप्ति निकाल्दै एकताको घोषणा गरेका छन ।
अशोक शर्माले नेतृत्व गरेको नयाँ जनवादी मोर्चा, नेपाल र विष्णु खड्काले नेतृत्व गरेको क्रान्तिकारी मोर्चा, नेपाल बिच बैचारिक, शैद्धान्तिक तथा दार्शनिक रुपमा एकरुपता कायम रहेको कारण राजनीतिक तथा सांगठनिक एकता कायम गरेर अगाडि बढ्ने सहमति भएको छ ।
सांगठनिक रुपमा एकतालाई अन्तिम रुप दिन दुबैबाट ३÷ ३ जनाको प्रतिनिधित्व हुनेगरी ६ सदस्यीय कार्यदल समेत गठन भएको छ । कार्यदलमा नयाँ जनवादी मोर्चा, नेपालको तर्फबाट संयोजक अशोक शर्मा, प्रवक्ता दिनेश वर्तौला र केन्द्रीय सदस्य रविन लिम्बू रहेकाछन् भने क्रान्तिकारी मोर्चा नेपालको तर्फबाट संयोजक विष्णु खड्का, सह–संयोजक मोहन पहाडी र प्रवक्ता धर्म विसी रहेकाछन् ।
नयाँ जनवादी मोर्चा, नेपालका प्रवक्ता दिनेश वर्तौलाले अनुसार चाँडै कार्यदलको बैठक बसेर सांगठनिक एकता गरिने बताए । मोहन बैद्य ९किरण० नेतृत्वका ेनेकपा ९क्रान्तिकारी माओवादी० र धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा ९बहुमत० मिलेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण भएपछि मोहन बैद्यले एकताको नाममा विचार परिवर्तन गरेको भन्दै केन्द्रीय सदस्य अशोक शर्मा लगायतका देशभरका युवाहरुले विद्रोह गरि नयाँ जनवादी मोर्चा निर्माण गरेका थिए । मोर्चाले पछिल्लो समय प्रदेश न। १, ३ र ४ का भेलाहरु सम्पन्न गरिसकेको छ । देशव्यापी रुपमा युवाहरु संगठित गर्दै आएको उक्त समूहले छरिएर रहेका देशभरिका क्रान्तिकारी समुहसंग एकताबद्ध भएर जाने लक्ष्य अनुसार आफूहरुले काम गरिरहेको नयाँ जनवादी मोर्चाका संयोजक अशोक शर्माले बताए ।



