हेटौंडाको बसपार्कमा पुस २ र ३ गते घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता हुने
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा आउँदो पुस २ र ३ गते हेटौंडाको बसपार्कमा घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता गरिने भएको छ ।
आज वडा अध्यक्ष फुर्वा दोर्जे लामा र वडा सदस्यहरू सहितले पत्रकार सम्मेलन गर्दै कार्यक्रम गर्न लागेको विषयमा जानकारी गराएका हुन् । हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादनलाई प्रदर्शनीमा राखिने छ । त्यही प्रदर्शनीमा नृत्य प्रतियोगिता समेत गरिने अध्यक्ष लामाले बताउनुभयो ।
यस प्रदर्शनीमा ३० वटा स्टलहरू राखिने भएको छ । स्टलहरू निशुल्क रुपमा उपलब्ध गराइने आयोजकले जनाएको छ । त्यसैगरी नृत्य प्रतियोगिता गरिने भएको छ । यो प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुने टिमले ३५ हजार र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा वडा सदस्य साधना श्रेष्ठ, ईश्वर प्रसाद मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।
घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता सम्बन्धी विस्तृत विवरण यस प्रकार रहेको छ ।



