चितवनमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

पालिका डायरी
२४ मंसिर २०८०, ११:४९
मोटरसाइकल र कार ठोक्किँदा एक घाइते Ai Photo

चितवनको माडीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

हिजो बेलुका माडी नगरपालिका–१ बरुवाको चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको जीपले बाग्मती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।

दुर्घटनामा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकलकाे पछाडि रहेका शिक्षक बेगबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते हुनुभएको छ  ।

उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । जीप चालकलाई इलाका प्रहरी कार्यालय माडीले पक्राउ गरेको छ ।

प्रतिक्रिया