पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, गुलशनले पहिलो ओभरमै दिलाए विकेट

पालिका डायरी
२२ मंसिर २०८०, १५:४७

एसिसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले पहिलो ओभरमै विकेट लिएको छ । पहिलो सफलता दिलाउनेक्रममा गुलशन झाले पाकिस्तान ओपनर शमिल हुसेनलाई शून्यमै आउट गरे ।

उनले हुसेनलाई तेस्रो बलमा पवेलियनको दिशा देखाएका हुन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १ सय ५२ रनमा अलआउट भयो । नेपालका लागि उत्तम थापामगरले ७६ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

यस्तै, दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद जीशानले ९.२ ओभरमा १९ रन दिएर ६ विकेट लिए । यस्तै, अमिर हसनले दुई, उबैद शाह र अलि शफन्दले एक/एक विकेट हात पारे ।

प्रतिक्रिया