हेटौंडाको खाद्य संस्थानको कोठाभित्र एक पुरुषको शव फेला

पालिका डायरी
१७ मंसिर २०८०, ११:०४

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र एक पुरुष मृत भेटिएका छन् ।

अन्दाजी ५०-५५ वर्षकाे पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाका अनुसार बजार एरियामा प्लास्टिक बटुल्दै हिड्ने उनी शनिबार बिहान मृत भेटिएका हुन् ।

घटनास्थलबाट शव हेटौंडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया