टिभिएसको ईलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा

पालिका डायरी
१५ मंसिर २०८०, १५:०५
टिभिएसको ईलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा

हेटौंडा / टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा।लि।ले इलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा उपलब्ध गराएको छ ।

बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर आईक्युब गत भदौमा काठमाण्डौमा भएको नाडा अटो सोमा लन्च भएको थियो ।
४।६ किलोवाटको शक्तिशाली हब माउन्टेन मोटरद्धारा सञ्चालित टिभिएस आईक्युबले ७८ किलोमिटर प्रति घण्टाको टप स्पिड दिनुका साथै ४।२ सेकेन्डमा ४० किलोमिटरसम्मको एक्सलेरेसन दिन्छ ।

आईक्युबले सिङ्गल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ । ४।५ घण्टामा ८० प्रतिशतसम्म चार्जिङ टाईम रहेको आईक्युब स्कुटरको ६५० वाटको पोर्टेबल क्यारी चार्जर रहेकोछ । उक्त चर्जरबाट कुनैपनि ५ एम्पीयर घरेलु सकेटमा समेत चार्ज गर्न सकिन्छ ।

हेटौंडामा टिभिएसको आईक्युब हेटौंडा अटोमार्ट मार्फत बिक्री बितरण भई रहेको सञ्चालक कञ्चन बुढाथोकीले बताउनुभयो ।
उकालो र कच्ची बाटोमा समेत राम्रो माईलेज र पिकप भएको टिभिएसको आईक्युब स्कुटर एक पटक खरिद गरेपछि लामो समयसम्मलाई ढुक्क हुने अर्का सञ्चालक प्रबेशराज बरुवालले बताउनुभयो । उक्त स्कुटर को मूल्य ४ लाख २९ हजार ९ सय रुपैंया रहेको बरुवालले बताउनुभयो ।

प्रतिक्रिया
tvs