मकवानपुरगढी दुर्घटनामा गम्भीर घाइते स्याङ्तानको मृत्यु

पालिका डायरी
१४ मंसिर २०८०, १७:३७
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरको मकवानपुरगढी–२, कुर्लेपाखा बस्ने भीमबहादुर स्याङ्तानको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ धवाडीपुलस्थित भित्रि सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलमा पछाडी सवार मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनको ५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक तीनै जनाको शव हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया