दिल्ली उडेको विमान आधा घन्टामा काठमाडौं नै फर्कियो

पालिका डायरी
१० मंसिर २०८०, ११:१२
दिल्ली उडेको विमान आधा घन्टामा काठमाडौं नै फर्कियो

त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुन: काठमाडौं फर्काइएको छ ।

प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ। एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए ।

काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो।

 

प्रतिक्रिया
Air_India_New_Livery