श्रीमान्–श्रीमतीबीच राति झगडा, बिहान उठ्दा छोरासहित बाबुआमा मृत भेटिए

पालिका डायरी
७ मंसिर २०८०, ११:१३
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

धनकुटामा बालकसहित एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । घरमा विवाद भएपछि श्रीमान् टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान्–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो ।

प्रतिक्रिया