सहयोगी मन नेपालद्वारा कार्कीलाई एकथान ह्वीलचियर प्रदान

हेटौंडा / सामाजिक सेवामा सक्रिय संस्था सहयोगी मन नेपालले हेटौंडा ५ निवासी ६० वर्षिया सावित्री कार्कीलाई एकथान ह्वीलचियर प्रदान गरेको छ ।
विगत चौध वर्षदेखि थलिएर रहेकी सावित्रीले ह्वीचियर भएर आफूलाई सजिलो हुने बताएपछि आफूले सहयोग गरेको सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईंले बताए ।
संस्थाका बरिष्ठ सल्लाहकार शिव खनाल, हेटौंडा ६ का पूर्व अध्यक्ष अर्जुन चौलागाईं लगायतको सहयोगमा ह्वीचियर प्रदान गरिएको हो ।
ह्वीचियर प्राप्त गरेपछि सावित्रीले खुशी व्यक्त गरिन् । आफूलाई आगामी दिनमा ह्वीलचियरबाट निकै सजिलो हुने भन्दै सहयोग गर्ने संस्था सहयोगी मनलाई उनले आभार व्यक्त गरिन् ।
सहयोगी मन नेपालले कोरोना भाइरस संक्रमणका बेला विशेष सहयोगात्मक भूमिका निर्वाह गरेको थियो ।
प्रतिक्रिया