काठमाडौँ र भक्तपुरमा दुईजना मृत फेला

काठमाडौँ र भक्तपुरमा दुई जना मृत फेला परेका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका-५ फुलबारी छबेली टोलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने ४६ वर्षीय बद्री भक्त श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया