मकवानपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रुको ज्यान गयो

पालिका डायरी
२ मंसिर २०८०
accident palika

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको छ । धरान–चतरा सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रवार बेलुका स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको ज्यान गएको हो ।

ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौंंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया