जुवा खेलिरहेका १७ जना पक्राउ

पालिका डायरी
२८ कार्तिक २०८०, २०:३२
जुवाको खालबाट कांग्रेस नेता, वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत पक्राउ file photo

जिल्ला प्रहरी परिसर काठमाण्डाै मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज मङ्गलवार चार लाख रुपैयाँ तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता कुमोध ढुङ्गानाका अनुसार साँखु प्रहरी प्रभागबाट खटिएको टोलीले शङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । उनीहरूको साथबाट एक लाख १७ हजार रुपैयाँ बरामद भएको उहाँले बताउनुभयो ।

यसैबीच तिहार लक्षित सुरक्षा योजनाअनुरूप जाँड–रक्सी खाएर गाडी चलाउँदा हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजनाअनुरूप जाँच भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया