हेटौंडामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

पालिका डायरी
२३ कार्तिक २०८०, १३:३६
accident palika

हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ तीनताप्केमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग सडकखण्डमा शिद्वकालिबाट बस्तिपुर तर्फ आउदै गरेको बा प्र ०२–०३९ प ७३०५ नम्बरको मोटरसाइक आफै अनियन्त्रीत भई पल्टिदा मोटरसाइकल चालक हेटौंडा–१९ डोटे बस्ने २७ वर्षिय संजिब बलको मृत्यु भएको हो ।

उनको हेटौंडा अस्पतालमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकलमा सवार अर्का स्थानीय दिपक सिंह बल घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया