अबैध तरिकाले भारतबाट भित्रिएको दूध ट्याङकर हेटौंडाको रातोमाटेमा प्रहरी नियन्त्रणमा
हेटौंडा / भारतबाट अबैध तरिकाले हेटौंडा भित्रिएको एक ट्याङकर दूध प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल नभएको र गूणस्तरको प्रमाणपत्र समेत नभएको एक ट्याङकर दूध हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
संघीय सरकारले भारतबाट आइरहेको दूधलाई नियन्त्रण गर्न नसक्दा किसानहरु मारमा पर्दै आएका छन् । नियन्त्रणमा लिएको दूध क्वारेन्टाइनलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले बताउनुभयो ।
हिजोआज भारतबाट अबैध तरिकाले भित्रिएको दूधका कारण यहाँका किसानहरुले उत्पादन गरेको दूध बिक्री हुन समस्या भइरहेको छ । तर, मकवानपुर लगायतका देशका बिभीन्न जिल्लामा रहेका निजी डेरी उद्योगहरुले भारतबाट सस्तोमा दूध खरिद गरेर महगोमा बिक्री बितरण गर्दै आएका छन् ।
प्रतिक्रिया


