एसियन छनोट फाइनल : नेपालले टस जितेर ब्याटिङ गर्दै

आइसिसी टी–२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमानबीच आज एसियाली छनोटको फाइनलमा प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा ११ बजेबाट खेल सुरु भएको छ । नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपाल र ओमान दुवैको ध्यान च्याम्पियन बन्नेमा छ । नेपाल घरेलु समर्थकको साथ उपाधि घरमै राख्न चाहन्छ । साथै, समूह चरणको अन्तिम खेलमा व्यहोरेको पाँच रनको हारको बदला लिने सोचमा छ ।
कप्तान रोहितकुमार पौडेल च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रेका छन् । ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने सानदार प्रदर्शन गर्ने लक्ष्यमा छन् ।
आजको खेलमा दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्दै छन् । ऐरी घाइते भएका कारण आजको फाइनल खेल नखेल्ने भएका हुन् ।
प्रतिक्रिया