चाडबाडलाई प्रगतिशील ढंगले मनाऔं : मोक्तान

पालिका डायरी
१८ कार्तिक २०८०, १२:४१

हेटौंडा / बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले चाडबाडलाई प्रगतिशील ढंगले मनाउन आग्रह गरेकी छिन्।

अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरद्वारा हेटौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्त्री मोक्तानले चाडबाड सरल र सहज तरिकाले मनाउनुपर्ने बताए ।

अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरको आयोजनामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक शर्केश घलान, सचिव भिम पाख्रीन, अखिल क्रान्तिकारी केन्द्रिय सचिव रोशन थापा मगर, बागमती प्रदेश सचिव रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण कुमार बर्तौला, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य ध्रुबराज ढकाल, बागमती प्रदेश महासचिव ध्रुब अधिकारी, वाइसिएल मकवानपुर अध्यक्ष लबराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरका अध्यक्ष अनिल बसेलको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष बुद्धराज अर्यालले सञ्चालन गरेका थिए ।

अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ताको सदस्य सुजन सिलवालले स्वागत गरेको कार्यक्रममा विद्यार्थी संगठन लगायत अन्य सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया