मन्त्रालयमा आकस्मिक बैठक दुवै जिल्लाका विपद् कोषमा ५/५ करोड निकासा गर्ने निर्णय

पालिका डायरी
१८ कार्तिक २०८०, १२:०९
मन्त्रालयमा आकस्मिक बैठक

आज बिहान गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको हो। जाजरकोट र रुकुमपश्चिममा गरी मृतकको संख्या १३८ पुगेको गृह मन्त्रालयले जनाएको छ। यस्तै हाल २३१ जना घाइते उपचाररत रहेको जनाइएको छ।

बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषण्मा ५/५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया