सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल

पालिका डायरी
१६ कार्तिक २०८०, १७:२०
सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल

कैद मिनाहा गर्ने निर्णय कार्यान्वयन खारेज गर्ने सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ परेका छन् ।

उनी नेपालगञ्जबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सर्वाेच्चकाे आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्जकाे सेतु विक चोकबाट पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो ।

सर्वोच्चको आदेशपछि रिगल मोबाइल अफ गरेर भाग्ने तयारीमा रहेका प्रहरीले जनाएको छ । तर निगरानीका कारण उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
rigal_UNmv2QlXzz