ट्याक्टर पल्टिँदा १ युवकको मृत्यु, १९ घाइते

पालिका डायरी
१६ कार्तिक २०८०, १०:४९
accident palika

बुधबार साँझ डोटीको जोरायलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्।

भीमदत्त राजमार्गमा पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सु.प.प्र. ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा डोटीकै गौरीगङ्गा नगरपालिका ७ का १८ वर्षीय शालीन राना रहेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्थवले जानकारी दिए।

प्रहरीका अनुसार निर्माण सम्बन्धि मजदुर लिएर जोरायल गाउँपालिका(१ धोरडीबाट खटेना जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो। घाइते १९ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा २५ जना मजदुर सवार थिए।

घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको श्रीवास्तवले बताए।

प्रतिक्रिया