हेटौंडाको राताेमाटेबाट पटका र कपडा बरामद

पालिका डायरी
१३ कार्तिक २०८०, १२:५८
मकवानपुर प्रहरीले हेटौंडाकाे राताेमाटेबाट पटका र कपडा बरामद गरेको छ । हेटाैडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना.४ ख ६०३१ नम्बरको बसलाई जाँच गर्दा पटका र कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटाैडाले जनाएकाे छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १२ गते बेलुका प्रहरी चाैकी राताेमाटेकाे टाेलीले ना.४ ख ३८९८ नम्बरको ट्याङ्करबाट बिभिन्न किसिमका–१६ प्याकेट पटका (१५५ पिस) बरामद गरिएकाे हाे । यसैगरी ना.४ ख ६०३१ नं.को बसबाट उनीको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस फेला पारी बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बरामद गरिएकाे कपडा ६९ हजार रुपैया बराबरकाे रहेकाे छ ।

मकवानपुर प्रहरीले हेटौंडाकाे राताेमाटेबाट पटका र कपडा बरामद गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना.४ ख ६०३१ नम्बरको बसलाई जाँच गर्दा पटका र कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।  

प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १२ गते बेलुका प्रहरी चौकी राताेमाटेकाे टोलीले ना.४ ख ३८९८ नम्बरको ट्याङ्करबाट बिभिन्न किसिमका –१६ प्याकेट पटका (१५५ पिस) बरामद गरिएको हाे । यसैगरी ना.४ ख ६०३१ नं.को बसबाट उनीको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएकाे कपडा ६९ हजार रुपैयाँ बराबरको रहेकाे छ ।

प्रतिक्रिया