बकैया बस दुर्घटका घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार हुँदै

पालिका डायरी
३ कार्तिक २०८०, १८:२४

 

बकैया बस दुर्घटमा  घाइते भएकाहरुको हेटौंडा मा उपचार हुँदै
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतलेमा दुर्घटना भएको हो । दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।

अहिले घाईतेहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।

 

 

प्रतिक्रिया