खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने शिशुको मृत्यु

पालिका डायरी
३० आश्विन २०८०, २१:०५
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

हेटौंडा / खाल्डोमा जमेको पानीमा डुबेर चितवनमा १८ महिने शिशुको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१० फफेनी सुन्दरबस्ती बस्ने मैयाँ चौधरीको छोरा अन्दाजी १८ महिनाको कृमस चौधरीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सोमबार खेल्ने क्रममा आफ्नै घरको धारा नजिक रहेको खाल्डोमा जमेको पानीमा ढुबेर घाइते भएकी थिइन् । उनको उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
child