करेन्ट लागेर एक मजदुरको मृत्यु
ग्रील उद्योगमा काम गर्ने क्रममा बागलुङमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
बागलुङको गलकोट नगरपालिका-३ स्थित गलकोट ग्रील उद्योगमा काम गर्ने सुर्खेत घर भएका ४३ वर्षीय प्रेम कामीको शुक्रबार दिउँसो मृत्यु भएको हो।
ग्रील उद्योगमा इलेक्ट्रिक ड्रिल मेशिनले सटर प्वाल पार्ने क्रममा करेन्ट लागेर अचेत अवस्थामा रहेका कामीको गलकोट–३ मा रहेको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (प्रनाउ) मदन केसीले जानकारी दिए।
प्रनाउ केसीले घटनाको जानकारी पछि प्रहरी चौकी हटिया बागलुङ र इलाका प्रहरी चौकी गलकोट बागलुङको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको बताए।
प्रतिक्रिया