अवैध रूपमा भारतीय खसी बोका आयात नियन्त्रण गर्न बर्तौताकाे माग

पालिका डायरी
२५ आश्विन २०८०, १५:५२
बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेका सचेतक बर्ताैलाको माग file photo

नेकपा एमालेका सांसद महेश कुमार बर्तौताले भारतबाट अवैध रूपमा आयात भएका खसी बोकाहरूको नियन्त्रण गर्न सरकारलाई माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपालका किसानहरू बजारको माग गर्दै मन्त्रालय धाइरहेको अवस्थामा ६० प्रतिशत भारतबाट अवैध आयात खसी बोकाले बजार कब्जा गरेको भन्दै तुरुन्तै नियन्त्रणका लागि माग गरेका हुन् ।

‘नेपालका किसानहरू हामीले बाख्रा पाल्यौँ उत्पादन गर्‍यौ तर बजार पाएनौँ , मूल्य पाएनौ भन्नुहुन्छ । भारतको खसी बोकाले कब्जा गर्‍यो बजार । नेपाल सरकारको आधिकारिक निकायलाई सोध्दा एउटा पनि खसी बोका मासुको लागि आयात भएको छैन,’ उनले भने, ‘तर काठमाडौंको खसी बजारमा ६० प्रतिशत भन्दा बढी भारतबाट आएर कब्जा गरेको छ । यो कसरी आइपुग्छ । गम्भीर प्रश्न खडा भयो । यस प्रकारको अवैध आयातमा आँखा चिम्लेर बस्ने ?यस्तो अवैध आयात तुरुन्त नियन्त्रण गरियोस् ।’

नेपालको सिमानामा कडा भन्दा कडा सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि उनको माग छ ।

प्रतिक्रिया
mahesh-bartaula-samsad