हेटौंडामा क्रेनले किच्दा सहचालकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० कर्रामा क्रेनले किच्दा एक जनाको मृत्यु भएको छ।
प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेनले किच्दा सोही क्रेनको सहचालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३० बस्ने २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा ब्याक गर्ने क्रममा क्रेनले किच्दा पासवान गम्भीर घाइते भएका थिए।
उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ। चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया