सहयोगी मन नेपालद्धारा केसीलाई एक थान ह्विल चियर प्रदान

पालिका डायरी
२० आश्विन २०८०, २१:०५
सहयोगी मन नेपालद्धारा केसीलाई एक थान ह्विल चियर प्रदान

सहयोगी मन नेपाल मकवानपुले एकथान ह्विल चियर सहयोग गरेको छ ।

पक्षघातका कारण लामो समयदेखि हिड्डुल गर्न नसक्ने ५० बर्षीय कृष्ण केसीलाई एक थान ह्विल चियर प्रदान गरिएको हो ।

हेटौंडा २ निवासी केसीलाई हिड्डुल गर्न सहज होस् भन्ने उदेश्यले ह्विल चियर सहयोग गरिएको सहयोगी मन नेपाललका अध्यक्ष केदार प्रसाद चौलागाईले बताउनु भयो । उहाँका अनुसार केसीको परिवारका सदस्यहरुले माग गरेअनुसार सहयोग स्वरुप ह्विल चियर सहयोग गरिएको हो ।

लामो समयदेखि सामाजिक सेवामा लागिपरेको यस सहयोगी मन नेपालले मकवानपुर सहित आसपासका जिल्लाहरुमा समेत विभिन्न सहयोगका कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया