मयुरधाप औद्योगिक क्षेत्र जाने बाटोको स्ल्याब ढलान सुरु

पालिका डायरी
१६ आश्विन २०८०, १९:५९

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १४, स्थित मयुरधाप औद्योगिक क्षेत्र जाने बाटोको स्ल्याब ढलान सुरु भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले ढलानको शिलान्यास गरेकी हुन् ।


हेटौंडा उपमहानगरपालिकाको कार्यालय तथा स्थानीय उपभोक्ताको आर्थिक एवम् जनश्रमदानमा करिब दुई सय ५६ मिटर लम्बाइ र ६ मिटर चौडाइको स्ल्याब ढलान गर्न लागिएको हो । उपमहानगरपालिकाका तर्फबाट स्ल्याब ढलान कार्यका लागि २० लाख , उपभोक्ताबाट २ लाख ४५ हजार ४ सय ४८ र जनश्रमदान गरी २४ लाख ९४ हजार ४ सय ८१ लागतमा स्ल्याब ढलान सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष इमान सिंह मोक्तानले जानकारी दिए ।


हेटौंडा उपमहानगरपालिका १४ , स्थित मयुरधाप औद्योगिक क्षेत्र जाने बाटोमा स्ल्याब ढलान कार्य पछि त्यहाँका मानिसहरूलाई अब वर्षायामका बेलामा हिलोका कारण हिड्‌न समस्या नहुने वडा अध्यक्ष दीपक खड्काले बताए ।

प्रतिक्रिया
380251028_851433106337523_4103986479246050750_n-860×394