वीरगञ्जको घण्टाघरबाट बत्ती चोरेकाे आराेपमा दुई जना पक्राउ

पालिका डायरी
१६ आश्विन २०८०, १३:३८
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

वीरगञ्जमा रहेकाे घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घण्टाघर क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको हो।

सीसीटीभीमा देखिएकाे दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती गएकाे शुक्रवार राति तोडफोड तथा चोरी भएको थियो ।

प्रतिक्रिया