नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मङ्गलवार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए।
केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो । मङ्गलवार बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो ।
प्रतिक्रिया