रास्वपाले उठायो आयल निगममाथि प्रश्न

पालिका डायरी
१४ आश्विन २०८०, १४:३२

राष्ट्रिय स्वतन्त्र पार्टीले आयल निगमबारे प्रश्न उठाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने, ‘प्रधानमन्त्री चीबाट मुड फ्रेस गरेर आउनु भएको रहेछ । तर, जनताको मुड अफ भयो । फेरि फिर्ता गरेर फेरि फ्रेस गर्नुभयो । आयल निगम व्यापार गर्ने, नियमन गर्ने तर सधैँ घाटा के हो ? देशले सधैँ घाटा व्यहोर्नु पर्ने ?’

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी भएको विषयमा पनि रास्वपाले विरोध गरेको छ । ‘संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट जे भयो, घोर विरोध गर्न चाहन्छौँ । जघन्य अपराध गर्नेलाई, आजीवन सजाय पाएकोलाई उन्मुक्ति दिन मिल्दैन बन्द गरियोस्,’ सभापति लामिछानेले भने ।

प्रतिक्रिया