हेटौंडामा सिजीको इलेक्ट्रिक गाडी खरिदमा ‘डिक्की फुल’ अफर

पालिका डायरी
१० आश्विन २०८०, २२:२३

हेटौंडा / हेटौंडा ११ थानाभर्याङमा रहेको इभी कार्स एण्ड मोटर्स हब प्रा.लि ले इभी गाडीको खरिदमा डिक्की फुल उपहार प्रदान गर्ने भएको छ । यो दशैं तिहारको अफरमा इभी गाडीको खरिदमा हात खाली नजाने विभिन्न उपहार प्रदान गरिने भएको हो ।

ईलेक्ट्रोनिक्स गाडी बिक्री गर्दै आईरहेको ईभी कार एण्ड मोटर्स हब प्रा.लि.ले सिजीको ईलेक्ट्रोनिक्स गाडी किन्दा विभिन्न उपहार दिने भएको हो। दशैँ, तिहार र छठ पर्वको अवसरमा सिजीको नेटा, केवाईसी र किङलोङ गाडीको खरिदमा ‘डिक्की फुल’ अफर अन्तगर्त विभिन्न उपहारहरु प्रदान गर्ने सञ्चालक युवराज आचार्यले बताए ।

आचार्यका अनुसार चाडपर्व योजना २०८० को अवसरमा ग्राहकहरुले सिजीको नेटा ईभी गाडीको खरिदमा सिजीको ४३ ईञ्चको फोके स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, प्रेसर वासर, सिजीको रेड भ्याकुम कप र सिजीकै ५ सय एमएलको फ्लास्क बोटल उपहारको रुपमा प्राप्त गर्ने छन् ।

त्यस्तै ग्राहकहरुले सिजी मोटर्सको केवाईसी र किङलोङ इभी गाडीको खरिदमा सिजीको ४३ ईञ्चको फोके स्मार्ट टिभी र प्रेसर वासर उपहारको रुपमा प्राप्त गर्ने संचालक आचार्यले बताए । यो अफर २०८० मंसिर ३ गते सम्मको लागि मान्य रहने आचार्यले बताएका छन् ।

हेटौंडामा रहेर मकवानपुर सहित आसपासका जिल्लाहरुमा समेत इलेक्ट्रिक गाडीहरु बिक्री गर्दै आइरहेको यस ईभी कार एण्ड मोटर्स हब प्रालि ग्राहकहरुको पहिलो रोजाइ बनिरहेको छ । आफ्ना ग्राहकहरुलाई चार्जिङको सेवा दिने उदेश्यले इभी कार्स एण्ड मोटर्स हबले आफ्नै चार्जिङ सेन्टर समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया