हेटौंडाको बालजागृतिमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी

पालिका डायरी
८ आश्विन २०८०, १३:२९
हेटौंडाको बालजागृतिमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृति बोर्डिङ  स्कुलको आयोजनामा आज विद्यालय परिसरमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी गरिएको छ ।

विद्यालयका ६, ७ र ८ कक्षामा अध्ययनरत सबै ३६८ जना विद्यार्थीले आफूले तयार पारेका सामाग्रीहरूको प्रयोगात्मक समेत गरेर देखाउँदै प्रदर्शनीमा राखेका थिए ।

विद्यार्थीको सीप, ज्ञान र क्षमतालाई समूहगत कार्यबाट काम गर्नका लागि प्रोत्साहित गर्ने उद्देश्यले यो प्रदर्शनी गरिएको विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए ।

विद्यार्थीहरूको प्रतिभा पहिचान गरेर विद्यालयले आवश्यक लगानी गरेर यो कार्यक्रम गरेको हो । विद्यालयको चौरमा राखिएको प्रदर्शनीमा ९२ वटा फरक फरक प्रकारका सामाग्रीहरू विद्यार्थीले तयार पारेर राखेका छन् ।

विद्यार्थीहरूले खोज र अनुसन्धानबाट तयार पारेर आफ्ना अभिभावकहरूलाई, आगन्तुकहरू, शिक्षकहरुलाई यसका बारेमा बुझाएका छन् । बालबालिकाहरूकालागि अवसर प्रदान गरेर पढाइ र प्रयोगात्मक सिकाइलाई सँगसँगै लैजानका लागि सहयोग पुगेको प्रिन्सिपल सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया
383995175_693081029541751_2237368608882002737_n-1536×866