गौशालाबाट लुटियो ६ लाख ५० हजार रुपैयाँ
गौशाला नगरपालिका-११ भरतपुरका शम्भु महतोको ६ लाख ५० हजार रुपैयाँ गौशाला बजारबाट लुटिएको छ।
ओखलढुंगामा रहेको छोरी ज्वाईले सापटीस्वरूप पठाएको रकम बैंकबाट झिक्ने बित्तिकै अज्ञात समूहले लुटेर लगेको पीडित महतोले बताए।
एनआईसी एसिया बैंकको गौशाला शाखाबाट सो रकम निकालेर घरतिर फर्किने क्रममा मोटरसाइकलमा आएका अज्ञात समूहले लुटेर फरार भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। लुटपाट गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक मनोज यादवले बताए।
प्रतिक्रिया