अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

पालिका डायरी
५ आश्विन २०८०, १२:०३
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूर्योक पुगेका विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा बाइडेनले आयोजना गरेको रात्रिभोजमा उनीहरूबीच भेटघाट भएको हो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति बाइडेनसँग भेटेको तस्वीर सार्वजनिक गरेका छन् । जसमा छोरी गंगा दाहालसमेत सँगै उभिएकी छिन् । राष्ट्रपति बाइडेनसँग भेटेको तस्वीर प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । जसमा प्रधानमन्त्री प्रचण्डले न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद !’ उनले भनेका छन् ।

यो कुनै औपचारिक भेटवार्ता भने होइन । रात्रिभोजमा विभिन्न देशका राष्ट्र प्रमुखलाई अमेरिकी राष्ट्रपति बाइडेलले स्वागतसँगै तस्वीसमेत खिचाउने गरेका छन् ।  उनी त्यहीँबाट आजै चीनको हाङजाओ प्रस्थान गरेका छन् । न्युयोर्कबाट प्रचण्ड चीनको हाङजाओ प्रस्थान गरेका हुन् । असोज ६ गते शनिवारदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्दैछन् । उनले बेइजिङको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा हाङजाओमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते न्ययोर्क गएका थिए । महासभालाई प्रचण्डले बिहीवार राति सम्वोधन गरेका छन् ।  चीन भ्रमण सकेर प्रचण्ड असोज १३ गते शनिवार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
biden_pm_prachanda_ganga_Y28ISqFNoy