हेटौंडामा सुविधा सम्पन्न डिलक्स सैलुन तथा पार्लर खुल्यो
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ अजरअमर रोड स्थित नबिल बैकको भुइँतलामा सुविधा सम्पन्न डिलक्स युनिसेक्स सैलुन तथा पार्लर भोलि शुक्रबारबाट पूर्ण रुपमा सञ्चालनमा आउने छ ।
डिलक्स सैलुन तथा पार्लरका सञ्चालक हरि चौलागाईं र सुभद्रा हुमागाईंले आज पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराउनुभयो । एकै स्थानमा कपाल, दारी काट्ने, कपाल कलर गर्ने, ब्युटी पार्लर लगायतका सबै सेवा दिन लागिएको हो ।
हेटौंडामा मात्र नभएर नेपालमै अली फरक किसिमको नमुना सैलुन तथा पार्लर खोलिएको सञ्चालक चौलागाइँले बताउनुभयो । ६० लाख रुपैयाँ लगानीमा खोलिएको शैलुन तथा पार्ललमा १२ जनाले प्रतक्ष रुपमा रोजगारी पाएको अर्का सञ्चालक हुमागाईंले बताउनुभयो । यहाँको सैलुनमा एकैपटक ८ जनाले कपाल तथा दारी काट्न मिल्ने छ । त्यसैगरी ब्युटीपार्लरमा पनि एकै पटक ३ जनालाई राखेर सुन्दरता बनाउन सकिने यहाँका सिनियर हेयर स्टाइलिस राजेश ठाकुरले बताउनुभयो ।
यस सैलुन तथा पार्लरमा स्पेन तथा पेरिसका सामानहरू प्रयोग गरेर बिकसित देशहरूमा जस्तैगरी फरक तरिकाले कपाल काट्ने, दारी काट्ने, कपालमा कलर गर्ने ठाकुरले बताउनुभयो । कपाल काट्ने क्षेत्रमा २० वर्षदेखि काम गर्दै आउनु भएका ठाकुरको नेतृत्वमा अरुले पनि काम गर्ने छन् ।
त्यसैगरी ब्युटीपार्लरमा भारतको नयाँ दिल्लीबाट आउनु भएकी वन्दना सिंहले ब्युटिसियनको काम गर्ने हुनु भएको छ । एडभान्स मेसिनको प्रयोग गरेर छालाको गुणस्तर र सुन्दरतामा ध्यान दिइने सञ्चालक चौलागाइँले बताउनुभयो ।
सैलुन तथा पार्लरबाट पैसा कमाउने भन्दा पनि आफ्नै ठाउँमा सेवा पनि दिने तरिकाले काम गर्न लागिएको उहाँले बताउनुभयो । आम सेवाग्राहीहरूलाई अन्यत्र भन्दा फरक र गुणस्तरीय सेवा दिनेगरी भोलिबाट सेवा सुरु गरिने उहाँले बताउनुभयो ।