जवरजस्ती करणी आरोपमा डाक्टर पक्राउ

पालिका डायरी
२० भाद्र २०८०
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

महिलालाई जवरजस्ती करणी गरेको आरोपमा मकवानपुरको हेटौंडाबाट १ जना डाक्टर पक्राउ परेका छन् ।

महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा १ स्थित हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । काठमाडौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोकमा हेटौंडा सिटी अस्पताल संचालन गर्दै आएका ३६ वर्षका राईले ३१ बर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई १८ गते राति जवरजस्ती करणी गरेको भन्दै पिडीत महिलाले राई विरुद्ध जाहेरी दिएकी थिइन । महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मकवानपुर जिल्ला अदालतबाट डाक्टर राईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।

प्रतिक्रिया