काठमाडौंबाट पोखरा जाँदै गरेको बस दुर्घटना ५ जनाको मृत्यु

पालिका डायरी
६ भाद्र २०८०, १२:३९
धादिङ बस दुर्घटना : मृतक आठमध्ये चार जनाको सनाखत

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन ।

धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

अहिले घाइतेहरूको उद्धार भइरहेको एसपी मिश्रले बताए । ‘त्रिशूली नदीमा बस खसेको छ । अहिले घाइतेहरूको उद्धार भइरहेको छ । केहीलाई अस्पताल लगिएको छ । केही सिरियस घाइते पनि छन्,’ एसपी मिश्रले भने ।

प्रतिक्रिया