नक्कली सर्टिफिकेटको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

सुनिता विष्ट
१ भाद्र २०८०, १०:४१
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

हेटौंडा / नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीलाई पक्राउ गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो। सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई राति चितवनबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

‘सीआईबीले अनुसन्धान गरेको विषयमा हामीसँग त्यस्तो कुनै विवरण हुँदैन,’ उनले भने, ‘हामीलाई सो विषयको बेहोरा जानकारी गराएर पक्राउका लागि सहजीकरण गर्न सीआईबीले निर्देशन दिएको थियो। सोही आधारमा राति नै पक्राउ गरेर सीआईबीको जिम्मा लगाएर काठमाडाैं पठाइसकेका छौं।’

नक्कली प्रमाणपत्र पेस गरेर एमबीबीएस अध्ययन गरिरहेको भन्ने आधारमा सीआईबीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता पण्डितको भनाइ छ।

उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्। उनले आईएस्ससी पासको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको हो। एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएस्ससी पास भएको सर्टिफिकेट पेस गरेका थिए।

प्रतिक्रिया