लिबियामा सशस्त्र झडपमा परी २७ जनाको मृत्यु, १०० बढी घाइते

पालिका डायरी
३२ श्रावण २०८०, १२:१३

लिबियाको राजधानी त्रिपोलीमा सशस्त्र झडपमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । बुधबार भएको झडपमा परी अरू १०० भन्दा बढी मानिस घाइते भएका बताइएको छ ।

यो घटनासँगै अरब लिग (एएल)ले चिन्ता व्यक्त गरेको छ । एएलले सहरमा तत्काल हिंसा अन्त्य गर्न समेत आग्रह गरिएको छ ।

अरू २३४ मानिसलाई झडप भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको थियो । अहिले घाइतेको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ ।

नेता मुअम्मरको सन् २०११ मा मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया