मकवानपुरकाे ईन्द्रसरोबरमा भीरबाट लडेर एकजनाको मृत्यु

पालिका डायरी
३० श्रावण २०८०, १४:१३
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–३ चित्रेघारीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

भीरबाट लडेर स्थानीय ५३ वर्षिय विनोद कुमार बम्जनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकोमा घाँस काट्ने क्रममा अचानक भिरबाट लडि घाईते भई उपचारको लागि आफन्तहरुले मनमोहन हस्पिटल फर्पिङ् लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया