अमेरिकामा डढेलोबाट ९६ जनाको मृत्यु, १३ सय जना सम्पर्क विहीन

पालिका डायरी
३० श्रावण २०८०, ११:००
पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । डढेलो निभाउन खटिएका नौ जना अग्नी नियन्त्रक घाइते भएका बीबीसीले जनाएको छ । गएको शनिवारदेखि शुरु भएको डढेलो उच्च तापक्रमका कारण फैलिनेक्रम रोकिएको छैन । त्यहाँ ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट भएको छ । पोर्चुगलमा अस्ति सोमवार वर्षकै अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री सेल्सियस रेकर्ड भएको थियो । file photo

अमेरिकाको हवाईमा लागेको डढेलोमा जलेका घरहरू र सवारी साधनहरू अत्याधिक भएपछि त्यहाँको स्थिति थप चिन्ताजनक देखिएको छ।

उद्धार टोलीहरूले प्रतिदिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको गभर्नरले चेतावनी दिएका छन्। यसलाई बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा लिइएको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या बढेर ९६ पुगेको छ । हवाईका गभर्नर जोस ग्रीनले सीबीएस न्यूजलाई दिएको जानकारीअनुसार मृत्युको पूर्ण संख्या जान्न अझै १० दिन लाग्ने छ । उनले डढेलोमा परेर बेपत्ता हुनेको संख्या करिब १ हजार ३ सय पुगेको बताए । उनले भने, ‘आगलागीबाट लहैना सहर पूरै जलेर नष्ट भएको छ । विनाश बाहेक हेर्नका लागि केही छैन ।’

उनका अनुसार लाहाइनाका सबै १३ हजार मानिसहरूको घर जलेपछि  सम्भवतः आगोबाट बच्न भागेका वा मरेका हुन सक्छन् । संघीय आपतकालीन व्यवस्थापन एजेन्सीको खोज र उद्धार टोलीले १० खोज कुकुरहरू तैनाथ गरेर खोजी सुरु गरेको सीएनएनले जनाएको छ । आगोमा जलेका शवहरू पत्ता लगाउन मुस्किल रहे पनि हवाई सरकारले त्यसका लागि निरन्तर प्रयास गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया