मकवानपुरमा पूर्व सशस्त्र प्रहरी संघ गठन

हेटौंडा / नेपाल पूर्व सशस्त्र प्रहरी संघ मकवानपुर जिल्ला समिति गठन गरिएको छ ।
पुर्व सशस्त्र प्रहरीको जिल्ला भेलाले पुर्व सशस्त्र प्रहरी उपरिक्षक शुशिल पराजुलीको अध्यक्षतामा १३ सदस्यीय समिति सर्व सम्मत चयन गरेको गरेको हो ।
समिति उपाध्यक्षमा पुर्व सशस्त्र प्रहरी नायव उपरिक्षक प्रकाश चन्द्र बुढाथोकी, सचिवमा पुर्व सशस्त्र प्रहरी नायव निरिक्षक रामहरी थापा चयन हुनुभएको छ । समिति कोषाध्यक्षमा खिल प्रसाद अधिकारी, सह—कोषाध्यक्षमा बलराम हुँमागाई रहेका छन् । त्यस्तै, सदस्यहरुमा सोम प्रसाद न्यौपाने, नरहरी सुवेदी, सुक बहादुर थापामगर, सुभाष खड्का, दिपेन्द्र न्यौपाने, हिरालाल राई र यादवलाल देउला चयन भएका छन् ।
भेलाले सशस्त्र प्रहरी नायब उपरीक्षक दिलिस गोविन्द जोशीलाई समिति संरक्षकमा चयन गरेको छ । दैवी प्रकोप उद्दारमा सशस्त्र प्रहरीको ब्याकअपमा रुपमा रहनुका साथै विभिन्न सामाजिक कार्यमा समिति सक्रिय रहने अध्यक्ष शुशील पराजुलीले बताउनुभयो ।
