ढुंगाले लागेर एक बालकको मृत्यु, एक घाइते

पालिका डायरी
२० श्रावण २०८०, १२:१४
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । सिगास गाउँपालिका–४ रक्सौनका दिपकबहादुर बिकका ९ वर्षीय छोरा रेशम विकको शुक्रबार दिउँसो सडक माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

देउलेक–कान्धार सडकअन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको स्थानीय बलदेव बिकले जानकारी दिए ।

यस्तै ढुंगा लागेर सिगास गाउँपालिका- ३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन् ।

मामाघर गएका चुनारापनि बालबालिकाहरुसंगै खेलिरहेका थिए । घाइते चुनाराको धनगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया