आज कहाँ कहाँ पर्ला पानी ?

आज (बुधबार) विशेषगरी देशको पहाडी भूभागमा वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहनेछ। यस क्रममा पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना देखिएको छ।
यस्तै राति कर्णाली र सुदस्रपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र देशका बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ। यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
अहिले बिहान भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

प्रतिक्रिया