ईन्द्रसरोवरमा विद्युत सर्ट हुँदा वाइबाको घरमा आगलागी

पालिका डायरी
३१ असार २०८०, २२:१०

ईन्द्रसरोवर / इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित  सुलिकोटमा एक घरमा आगलागी भएको छ।

आइतबार बेलुकि ५ विद्युत लाइन सर्ट भइ चन्द्र बहादुर वाइबाको घर मा आगलागी भएको हो। दिउँसो देखि घरमा कोहि थिएनन् परिवारका  सबै जना काममा गएको समयमा एक्कासी घरको छानो बाट धुवाँको मुस्लो देखेपछि  आत्तिएर घर आइपुगेका  चन्द्र बहादुर र छिमेकिहरुले निभाउने कोशिश गर्दा पनि आगो नियन्त्रणमा लिन सकेनन।

घरमा कोहि नभएको कारण मानविय क्षती नभए पनि घरमा भएको लत्ताकपडा ,खाद्यवस्तु,नगद,गरगहना केही निकाल्न नसकेको स्थानीय राजेश बाबू सापकोटाले बताए ।

उनको अनुसार विद्युत वाइरिङ्ग राम्रो नहुनुनै आगलागिको कारण रहेको बताए। सापकोटा थप्दै भन्छ्न उक्त घरसम्म पुग्ने सडक ब्यवस्था नभएको र स्थानीय मातहतमा दमकल नभएको कारण आगलगी हुँदा समयमै आगो नियन्त्रण गर्न नसकिने र क्षती धेरै हुने गरेको बताए । उक्त आगलागि बाट करिब १६ लाख भन्दा बढी क्षती भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया