व्हिल चियर पाउँदा पक्षघात पिडित भए खुसी

हेटौंडा / हेटौंडा १३ बनस्पती निवासी चेतकुमारी शारूमगर पक्षघात पिडित छिन् । राेटरी क्लब अफ, हेटाैँडाका प्रतिनिधि तथा जनप्रतिनिधिसहित व्हिल चियर लिएर शारूमगरकाे घरमा पुगेका थिए ।
व्हिल चियर उनकाे अगाडि देख्ने बित्तिकै निकै खुसी भईन् । उनलाई व्हिल चियरमा राखेर उनकाे पतिले केही समय सडकमा घुमाए उनी गद्गद् भईन् । शारूमगरले व्हिल चियर ग्रहण गर्दै धन्यवाद ज्ञापन गरिन् ।
आईतबार राेटरी क्लब अफ हेटाैँडा जनप्रतिनिधिकाे राेवरमा दुई वटा व्हिल चियर पक्षघात पीडित दुई महिलाई हस्तान्तरण गरेकाे छ । हेटाैँडा ४ गर्दाेही निवासी ५८ वर्षिय नानी पाेडे र हेटाैँडा १३ स्थित बनस्पतीकि ५२ वर्षियचेतकुमारी शारूमगरलाई घर मै पुगेर व्हिल चियर हस्तान्तरण गरिएकाे हाे ।
कार्यक्रममा हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, १३ नं. वडा अध्यक्ष पेम्बा लामा, राेटरी क्लब अफ हेटाैँडाका अध्यक्ष स्वागत प्याकुरेल, पूर्व अध्यक्ष तथा एजी रामप्रसाद शर्मा, पूर्व विजय बैध्य, उपाध्यक्ष अजुर्न सुवेदी, सचिव किसाेर पराजुली, काेषाध्यक्ष रवी रेग्मी, सुदर्शन ढकाल, विकास श्रेष्ठ, श्याम मुडबरी, दुर्गाबहादुर विष्टलगायतकाे उपस्थिति रहेकाे थियाे । अध्यक्ष स्वागत प्याकुरेलले मानवीय कार्यमा राेटरीले सधै सक्रिय भई काम गरिरहने समेत बताउँदै सेवाकाे काममा जुट्न सबैलाई आग्रह गरेका थिए ।