भुटनदेबी लायन्स क्लबको अध्यक्षमा श्रेष्ठ

हेटौंडा / भुटनदेबी लायनस ल्कबको अध्यक्षमा नारायणलाल श्रेष्ठ चयन भएका छन् ।
क्लबका २०२२/०२३ अध्यक्ष प्रमोदसिंह रानाभाटले ०२३/०२४ का लागि श्रेष्ठलाइ अध्यक्षको पदभार सुम्पेका हुन् । रानाभाटको सभाध्यक्षतामा हेटौंडा ११ स्थित् होटल स्मारकमा भएको ह्याण्ड ओभर एण्ड टेकओभर कार्यक्रममा रानाभाटले श्रेष्ठलाइ पदभार सुम्पेका हुन् । यसैगरी उपाध्यक्षमा ध्रुब पाण्डे , सचिवमा पबित्रा दाहाल , कोषाध्यक्षमा मुना पाठक लाइ चयन गरिएको छ ।
लायन्स जिल्लापरिषद ३२५ बी.टू.का पुर्व गभर्नर शम्भु नकर्मी को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भुटनदेबी ल्कबकी संस्थापक अध्यक्ष मिनु अग्रवाल , डिस्ट्रिक चिफ राजकुमार जोशी , मनु लामा , गौरी चिमोरिया , अमित शर्मा , ०२३/०२४ की फस्ट लेडी पिंकी श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया