हेटौंडामा पनि सुरु भयो ‘राष्ट्रपतिको सहयोगार्थ’ १ रुपैयाँ संकलन अभियान सुरु

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा पनि राष्ट्रपति रामचन्द्र पौडेलको सहयोगार्थ १ रुपैयाँ संकलन अभियान सुरु भएको छ ।
नेकपा ९एमाले० निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले १ रुपैयाँ संकलन अभियान सुरू गरेको हो । अनेरास्ववियुले जिल्लाको मकवानपुर बहुमुखी क्याम्पसबाट अभियान सुरु गरेको हो । अनेरास्ववियुका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज भुवन मैनालीले बिहीबार बिहान क्याम्सबाट १ हजार ३१३ रुपैयाँ चन्दा संकलन भएको जानकारी दिए ।
उनले अभियान अन्तर्गत बजार क्षेत्रमा पनि १ रुपैयाँ संकलन गर्ने तयारी रहेको बताए । उनले अभियान मार्फत उठ्ने पैसा जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने बताए ।
काठमाडौंसहित देशको विभिन्न जिल्लामा विद्यार्थीहरुले राष्ट्रपतिलाई उपचार खर्च भन्दै १ रुपैयाँ अभियान चलाएका छन् । भारतमा उपचार गर्दा लागेको खर्च आफैँले तिर्ने वचन दिएका राष्ट्रपति पौडेलले नतिर्ने भएपछि अनेरास्ववियुले सहयोग अभियान चलाएको हो ।
केहिदिन अघि परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचार खर्च ५५ लाख उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो ।