हेटौंडाको रातोमाटेमा १ सय ९० केजी गाँजा सहित १२ जना पक्राउ

पालिका डायरी
१९ असार २०८०, २०:५३
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

हेटौंडा / हेटौंडाको रातोमाटेमा १ सय ९० केजी गाँजा सहित १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा सहित १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले १४४ किलो लागुऔषध गाँजासहित ६ जना र अरु ४७ किलो लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट गरी उक्त परिमाणको गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

चितवनबाट बीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षाजाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो लागुऔषध गाँजा फेला परेको मकवापुर प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला बीरगंज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१४ का ३९ वर्षीय बिनोद पासवान रहेको प्रहरीले जनाकारी दिएको छ ।

त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया